गृहपृष्ठ उदयपुरमा सौताको घाँटी रेटी हत्या

उदयपुरमा सौताको घाँटी रेटी हत्या

death-newskarobar

उदयपुरमा एक महिलाले आफ्नी सौताको घाँटी रेटी हत्या गरेकी छन् ।

उदयपुर कटारी नगरपालिका– ४ स्थित मरुवामा आइतबार दिउँसो ३० वर्षीया सीता राईले सौता लक्ष्मी राईलाई आफ्नै घरमा बोलाएर तरकारी काट्ने चक्कुले घाँटी रेटी हत्या गरेकी हुन् । हत्या भएको जानकारी पाएलगत्तै इलाका प्रहरीक कार्यालय कटारीबाट घटनास्थल पुगेको प्रहरी टोलीले सीता राईलाई पक्राउ गरेको छ भने हत्यामा प्रयोग भएको चक्कु बरामद गरेको छ ।

श्रीमानले कान्छी श्रीमती ल्याएपछि सीता छुट्टीएर पुरानो घरदेखि करिब १०० मिटरको दुरीमा रहेको अर्को घरमा बस्दै आएकी थिइन् ।

प्रकाशित समय १८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु