गृहपृष्ठ बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
मोरङको कानेपोखरी गाउँपालिका–७ छधारेमा आइतबार बिहान बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को१ख ७२०४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मोरङ सुनवर्षी नगरपालिका– २ का ३० वर्षीय भीम मोचीको मृत्यु भएको हो ।
उनको घनास्थलमा नै मृत्यु भएको थियो । घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १८:३७ बजे

















