गृहपृष्ठ बेलवारीबाट पेस्तोलसहित दुई जना पक्राउ

बेलवारीबाट पेस्तोलसहित दुई जना पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीले बेलबारीबाट २ जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिका–४ स्थित स्कुल डाँडाबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दर–हरैँचा नगरपालिका–१२ का ४३ वर्षिय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षिय कन्सा माझी छन् ।

मोटरसाइकलमा सवार उनीहरुमाथि शंका लागेर चेक जाँच गर्ने क्रममा प्रहरीले पेस्तोल–२ थान, सोही पेस्तोलको म्याग्जिन–४ थान र१४ राउण्ड गोली फेला परेको हो । हतियारसहित पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु