गृहपृष्ठ ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

accident-newskarobar सांकेतिक तस्बिर

मोरङको बुढिगंगा गाउँपालिका–१ मा सोमबार बिहान ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना. ४ ख १९०५ नम्बरको ट्यांकरले विपरीत दिशातर्फ जाँदै गरेको को. ३६ प ३०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका–४ का २८ वर्षीय सञ्जीव पौडेलको मृत्यु भएको हो ।

ट्यांकरको ठक्करबाट गम्भीर घाइते बनेका पौडेलको टंकिसिनुवारीस्थित बिराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न ट्यांकर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु