गृहपृष्ठ चट्याङ लागेर रुपन्देही र दाङमा ६ को मृत्यु, ४ जना घाइते
चट्याङ लागेर रुपन्देही र दाङमा ६ को मृत्यु, ४ जना घाइते
सांकेतिक तस्बिर
रूपन्देही र दाङमा मंगलबार साँझ परेको चट्याङबाट ६ जनाको ज्यान गएको छ ।
रूपन्देहीमा गैडहवा–७ का भगवान दास लोध, कञ्चन–२ का नन्दराम अर्याल र सैनामैना–७ का चन्द्रबहादुर विकको ज्यान गएको हो । अन्य ३ जना घाइते भएका छन् । सियारी गाउँपालिका– २ की १४ वर्षीया ममता साहनी, वडा नम्बर– ७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आ–आफ्नै खेतमा काम गरिरहेका बेला चट्याङमा परेर घाइते भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो । तरकारीबारीमा काम गरिरहेका बेला चट्याङ लागेका लोधनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अर्याल र विकको बुटवलस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको रूपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए ।
यस्तै, दाङको राप्ती गाउँपालिका–३ मा पनि चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरी छन् । ८ वर्षीय अविनाश चौधरी घाइते छन् । जंगलमा जामुन खान रूखमा चढेका बेला उनिहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।
घाइते अविनाशको लमही अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
प्रकाशित समय ०७:१६ बजे

















