गृहपृष्ठ समाजवादी पार्टीको सदस्यबाट सांसद प्रदीप यादव निलम्बित

समाजवादी पार्टीको सदस्यबाट सांसद प्रदीप यादव निलम्बित

pradeep-yadab-newskarobar फाइल तस्बिर

सांसद प्रदीप यादवलाई समाजवादी पार्टी, नेपालले निलम्बन गरेको छ ।

युरोपेली राष्ट्र लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर कार्यक्रममा सहभागी भएको भन्दै यादवलाई कारबाहीस्वरुप ६ महिना पार्टी सदस्यबाट निलम्बन गरिने भएको हो । गत वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालबाट यादव र राजपाका सांसद एकबाल मियाँ सहभागी भएका थिए ।

भ्रमणबारे पार्टीले सोधेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि यादव कारबाहीमा परेका हुन् । स्वतन्त्र तिब्बतको कार्यक्रमा नेपाली सांसदको उपस्थितिपछि चिनियाँ दूतावासले समेत चासो देखाएको थियो ।

प्रकाशित समय ०७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु