गृहपृष्ठ धनुषामा अढाई वर्षीय बालकको बलि दिने व्यक्ति जेल चलान
धनुषामा अढाई वर्षीय बालकको बलि दिने व्यक्ति जेल चलान
धनुषामा बालकलाई बलि दिने मिथिला नगरपालिका– ६ ढल्केवरका शत्रुधन महतोलाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायधिश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई जलेश्वर करागार पठाइएको प्रहरीले जनाएको छ । ‘शक्तिशाली’ धामी बन्ने अन्धविश्वासले छिमेकी अढाई वर्षीय बालक आर्यन कुमार साहको आफनै आगनमा धारिलो हतियार प्रयोग गरी बलि दिएको आरोपमा प्रहरीले महतो पक्राउ परेका थिए ।
प्रकाशित समय ०८:२७ बजे

















