गृहपृष्ठ अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ घाइते

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ घाइते

accident-newskarobar

अछाममा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । चौरपाटी गाउँपालिका– २ मुलिगाउँमा ट्याक्टर दुर्घटना भएको हो ।

बालुवा लिन सेती नदी गइरहेको से १ त १८३९ नम्बरको रित्तो ट्याक्टर बुधबार बिहान पौने ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ । ट्याक्टरमा स्कुले विद्यार्थी चढेको बताइएको छ ।

प्रकाशित समय ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु