गृहपृष्ठ मुख्यमन्त्री गुरुङ भन्छन्- यौन व्यवसाय र लागुऔषधले पोखरा बदनाम

मुख्यमन्त्री गुरुङ भन्छन्- यौन व्यवसाय र लागुऔषधले पोखरा बदनाम

pokhara-prithiwi-gurung-newskarobar

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको राजधानी पोखरालाई लागुऔषध, यौन व्यवसाय र गुन्डागर्दीले बदनाम बनाएको बताएका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१९ को सप्ताहव्यापी कार्यक्रम बुधबार पोखरामा समापन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेशको राजधानी पोखरा लागुऔषध, यौन व्यवसाय र गुन्डागर्र्दीले बदनाम भएको बताएका हुन् ।

‘लागुऔषध दुव्र्यसनीको रुपमा चिनिन्छ पोखरा, यौन व्यवसायीको रुपमा चिनिन्छ पोखरा र धेरै नै गुन्डागर्दी हुने सहरको रुपमा चिनिन्छ पोखरा,’ उनले भने, ‘अब यो बदनामबाट कसरी हाम्रो प्रदेशलाई सभ्य बनाउने त्यसतर्फ हामी सबै लाग्नुपर्छ ।’ पोखरामा गुन्डागर्दीमा भने केही कमी आएको उनले बताए ।

मुख्यमन्त्री गुरुङले यस्ता विकृतिको अन्त्य गर्न आमजनताले प्रहरीलाई साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । १८ वर्षमुनिका बालबालिकामा धेरै विकृति भएको उनले तर्क गरे । सराङकोटमा रहेको बाल सुधारगृहमा १४ देखि १८ वर्ष उमेर समूहका ८६ जनामध्ये ४९ जना जबर्जस्ती करणी मुद्दाका छन् ।

समाजमा हुने विकृति विसंगतिको अन्त्य गर्न रक्सी खाने ठाउँ, समय र न्यूनतम उमेर निर्धारण गर्नुपर्ने मुख्यमन्त्री गुरुङले बताए । ‘समाजमा रक्सी नियन्त्रण गर्न नसक्दा विकृति र विसंगति फैलिएको हो,’ उनले भने, ‘अब कम्तीमा गण्डकी प्रदेशमा रक्सी खाने समय, ठाउँ र न्यूनतम उमेर तोक्नुपर्छ ।’

गण्डकी प्रदेशका सांसद राजीव पहारीले लागुऔषध दुव्र्यसनी पर्यटकीय स्थल पोखराको प्रमुख चुनौतीको रुपमा रहेको बताए । त्यस्तै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय प्रहरी साझेदारी अभियानअन्तर्गत प्रहरी टोल–टोलमा पुगेर लागुऔषधको दुव्र्यसन न्यूनीकरण गर्ने नीति लिइएको स्पष्ट पारे ।

कास्की प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले सबै सरोकारवाला निकायको साथ र सहयोग पाए कास्कीको लागूऔषध दुव्र्यसनी र कारोबारीविरुद्ध आक्रामक रुपले लाग्ने बताए । यसअघि, पोखरामा सर्वसाधारणले लागुऔषधविरुद्धको सचेतनामूलक –यालीमा समेत सहाभागिता जनाएका थिए ।

प्रकाशित समय २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु