गृहपृष्ठ कोरियामा एक नेपालीको मृत्यु
कोरियामा एक नेपालीको मृत्यु
दक्षिण कोरियामा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको छ ।
उनको औद्योगिक दुर्घटनामा परि ज्यान गएको हो । मृत्यु हुनेमा ख्वाङ्जुमा कार्यरत ओखलढुंगाका विमान राई रहेको कोरियास्थित नेपाली श्रम सहचारी डिल्लिराम बास्तोलाले बताए । काम गर्ने क्रममा गत हप्ता दुर्घटनामा परेका राईको उपचारका क्रममा बुधबार बिहान अस्पतालमा मृत्यु भएको हो ।
राईका परिवारका सदस्य कोरिया पुगिसेकेकाले कागजात मिलाएर शव नेपाल पठाइने सोलस्थित नेपाली दूतावासले जनाएको छ ।
प्रकाशित समय ०९:२७ बजे

















