गृहपृष्ठ मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

accident-newskarobar

चितवनको भरतपुर महानगरपालिका–१८, भेटघाट चोकमा एकआपसमा मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गएको छ ।

बुधबार साँझ ना५३प ५२४७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।  घटनामा दुबै मोटरसाइकलका चालकको ज्यान गएको हो । दुर्घनामा गम्भीर घाइते भएका भरतपुर महानगर– १८ का १७ वर्षीय राजन भट्ट र सोही स्थानकै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु