गृहपृष्ठ बलात्कारको अभियोगमा ट्रकका चालक र सहचालक पक्राउ
बलात्कारको अभियोगमा ट्रकका चालक र सहचालक पक्राउ
ट्रकमा लिफ्ट दिएर करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
चितवनबाट पोखरा आउँदै गरेको ना१क ४३४९ नम्बरको ट्रकमा लिफ्ट दिएर चालक र सहचालकले एक महिलालाई बलात्कार गरेका हुन् । पक्राउ पर्नेमा मोरङ उर्लावारीका ट्रक चालक ३१ वर्षीय विमल ढकाल र सहचालक मोरङकै ३२ वर्षीय गोपाल भण्डारी छन् । पीडित महिलाले उजुरी गरेको केही घण्टामै उनीहरुलाई दमौलीबाट पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए ।
महिलाको मेडिकल जाँच गर्दा करणी भएको पुष्टि भएको कास्की प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:५५ बजे

















