गृहपृष्ठ मापसे गरी कार कुदाउँदा दुर्घटना, ३ जना घाइते
मापसे गरी कार कुदाउँदा दुर्घटना, ३ जना घाइते
काठमाडौंको जमलमा एक कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
केशरमहलबाट जमल गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ र अन्य दुई जना सामान्य घाइते छन् । श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन् । श्रेष्ठले मादक पदार्थ सेवन गरी गाडी चलाउँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार कामै नलाग्ने गरी क्षतविक्षत भएको छ । कारको इन्जिन सडकमै उछुट्टिएको थियो भने फुटपाथको रेलिङ भाँच्दै उत्तानो परेर पल्टिएको थियो ।
प्रकाशित समय ०९:२२ बजे

















