गृहपृष्ठ समालोचक सुवेदीलाई मनिराज वाङमय पुरस्कार

समालोचक सुवेदीलाई मनिराज वाङमय पुरस्कार

nkarobar-newskarobar

साहित्यकार मनिराज जोशीको नामबाट स्थापना गरिएको ‘मनिराज वाङ्मय पुरस्कार, २०७५’ बाट साहित्यकार एवं समालोचक दधिराज सुवेदी सम्मानित भएका छन् । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले शनिबार यहाँ गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लले समालोचक सुवेदीलाई एक लाख रूपैयाँको उक्त पुरस्कारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

विराटनगरमा विसं २००४ मा जन्मेका पुरस्कृत सुवेदीले चार दशकदेखि नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा समर्पित रही नेपाली वाङ्मय क्षेत्रको उन्नयनमा योगदान पु-याएका छन् । उनका तीन दर्जन कृति प्रकाशन भइसकेका छन् ।

साहित्यकार मनिराज जोशीका छोरा गोविन्दराज जोशीले नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीमा दुई वर्षअघि उक्त पुरस्कार स्थापना गरेका थिए । गत वर्ष ‘मनिराज वाङ्मय पुरस्कार’ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको थियो ।

पुरस्कारका लागि स्रष्टा चयन गर्न भाषाविज्ञ एवं साहित्यकार डिल्लीराज फुलाराको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । (रासस)

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु