गृहपृष्ठ पौडी खेल्दा डुबेर किल्चोकका ११ वर्षीय थापाको मृत्यु
पौडी खेल्दा डुबेर किल्चोकका ११ वर्षीय थापाको मृत्यु
सांकेतिक तस्बिर ।
कास्कीमा पौडी खेल्न गएका एक बालकको ज्यान गएको छ । तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडीटारस्थित सेती नदी किरानमा अवस्थित पोखरीमा पौडी खेल्दा शनिबार साँझ तनहुँ म्याग्दे–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।
कोत्रेस्थित सानीआमाको घरमा बस्दै आएका थापा साथीसँग पौडी खेल्न गएका थिए । तीनजना मिलेर पोखरीमा पौडी खेल्दाखेल्दै डुबेपछि थापाको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बालकको शव डाँडाकोनाक प्रहरी चौकीबाट खटिएका प्रहरी र गोताखोरले साँझ ८ बजे पोखरीबाट निकालेका थिए ।
प्रकाशित समय १२:०१ बजे

















