गृहपृष्ठ वृद्धा हत्यामा संलग्न पक्राउ

वृद्धा हत्यामा संलग्न पक्राउ

pakrau-arrest-newskarobar

भक्तपुरमा वृद्धाको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आइतबार बिहान चाँगुनारायण नगरपालिका–७ खरिपाटीमा भएको हत्यामा संलग्नलाई प्रक्राउ गरेको हो ।

प्रहरीले कतिजनालाई पक्राउ गरेको भन्ने विषयमा भने खुलाएको छैन । ६० वर्षीया सावित्री भट्टराईको आइतबार बिहान छोरीको घरमा हत्या भएको थियो । उनको घर भने सिन्धुपाल्चोक बाँडेगाउँ हो । ६० वर्षीया वृद्धाको हत्यापछि २२ लाख रुपैयाँ लुटेर लगिएको पीडित परिवारले जनाएको छ । सो विषयमा पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु