गृहपृष्ठ यु–२१ युरो च्याम्पियनसिपको उपाधि स्पेनले जित्यो
यु–२१ युरो च्याम्पियनसिपको उपाधि स्पेनले जित्यो
यु–२१ युरो च्याम्पियनसिप फुटबलको उपाधि स्पेनले जितेको छ । आइतबार राति भएको खेलमा स्पेनले साविक विजेता जर्मनीको यु–२१ टोलीलाई २–१ गोलले हराउँदै कीर्तिमानी पाँचौ उपाधि जितेको हो ।
स्पेनले सन् २०१७ को हारको बदला पनि लिएको छ । स्पेन जर्मनीसँग नै पराजित हुँदै उपाधि विमुख भएको थियो । स्पेनले यु–२१ उपाधि जित्ने इटालीसँगको कीर्तिमानलाई बराबरी गरेको छ । स्पेनको जितमा फावियन रुइज र डानी ओल्मोले गोल गरे । जर्मनीका लागि नादिम आमिरीले सान्त्वाना गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको सातौ मिनेटमै रुइजले स्पेनलाई अग्रता दिलाए ।
६९औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई २–० को अग्रता दिलाए । खेल सकिन १ मिनेट बाँकी छदा घरेलु टोलीका लागि नादिम आमिरीले सान्त्वना गोल फर्काए ।
प्रकाशित समय ०७:३८ बजे

















