गृहपृष्ठ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
भक्तपुरको राधे–राधे चोकमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
काठमाण्डौबाट भक्तपुर गइरहेको टिपरले सोही दिशामा गइरहेको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोलुखुम्बु सोलु पंचनका प्रेमबहादुर राई रहेको प्रहरीले जनाएको छ । बा५ख ५३४३ नम्बरको टिपरले प्रदेश ३–०२–००६ प ४९९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्कर दिने टिपरका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:१४ बजे

















