गृहपृष्ठ एक सातापछि उठ्न थाल्यो काठमाडौंको फोहोर

एक सातापछि उठ्न थाल्यो काठमाडौंको फोहोर

sisdol-newskarobar फाइल तस्बिर

सिसडोलवासीसँग सहमति जुटेपछि काठमाडौंको चोक तथा गल्लीहरुमा जम्मा भएको फोहोर आजबाट उठ्न थालेको छ ।

काठमाडौं महानगरपालिका, स्थानीय जनप्रतिनिधि र सिसडोलवासीबीच सहमति भएपछि एक सातादेखि जम्मा भएको फोहोर सोमबार बिहानबाटै उठ्न थालेको हो । नुवाकोटको ककनी गाउँपालिका–२ स्थित सिसडोलका स्थानीयले क्षतिपूर्ति पुनरावलोकन लगायत माग राखेर ‘ल्याण्डफिल्ड साइड’ बन्द गरेका थिए ।

स्थानीयको माग सम्बोधनका लागि मुआब्जा वितरणको मापदण्डको सुझाव पेस गर्न १७ सदस्यीय समिति गठन गरिएको छ । समितिले १५ दिनको म्याद पाएको छ । शनिबार दुबै पक्षबीच वार्ताका क्रममा झडपसमेत भएको थियो । झडपमा केही स्थानीय र प्रहरी घाइते भएका थिए ।

दैनिक जम्मा हुने ३ सय टिपर फोहोर सिसडोलमा फालिन्छ ।

प्रकाशित समय १०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु