गृहपृष्ठ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कावासोतीमा २ को मृत्यु
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कावासोतीमा २ को मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–८, स्थित जंगललमा ट्रक ले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ ।
सोमबार बिहान खरकट्टा जगलस्थित पूर्वबाट पश्चिमतर्फ गइरहेको लु२ख १० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको लु४९प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही देवदह– ७ का २७ वर्षीय मिलन भट्टराई र सोही ठाँउका ३३ वर्षीय तारा पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । गम्भीर घाइते दुवैको कालीगण्डकी अस्पताल कावासोतीमा उपचारका क्रममा ज्यान गएको हो ।
ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।
प्रकाशित समय १०:५६ बजे

















