गृहपृष्ठ राधेराधे चोकमा टिपरको ठक्करले मृत्यु
राधेराधे चोकमा टिपरको ठक्करले मृत्यु
मध्यपुर थिमी नगरपालिका– ४ राधेराधे चोकमा सोमबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुने सोलुखुम्बु पञ्चन– ९ घर भएका २८ वर्षीय फ्रेमबहादुर राई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोरखेलले जानकारी दिए ।
काठमाडैँबाट भक्तपुरतर्फ आउँदै गरेको बा५ख ५३४३ नं मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३–०२–००६ प ४९९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते चालक राईको मध्यपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए । दुवै सवारी साधन महानगरीय प्रहरी वृत्त थिमीको नियन्त्रणमा राखेको र फरार टिफर चालकको खोजी भइरहेको उनले जानकारी दिए । (रासस)
प्रकाशित समय १४:५५ बजे

















