गृहपृष्ठ डोटीमा जिप दुर्घटना हुँदा छ घाइते, एकको अवस्था चिन्ताजनक
डोटीमा जिप दुर्घटना हुँदा छ घाइते, एकको अवस्था चिन्ताजनक
डोटीको पश्चिमी क्षेत्रस्थित आदर्श गाउँपालिकामा सोमबार बिहान जिप दुर्घटना हुँदा छजना घाइते भएका छन् । उक्त गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गरेको से१च ९१७ नं को जिप गजेडा भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते छमध्ये चालक कटक सितालको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । भिरालो तथा चिप्लो सडक भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । (रासस)
प्रकाशित समय १५:०७ बजे
















