गृहपृष्ठ फरार अभियुक्त २४ वर्षपछि पक्राउ

फरार अभियुक्त २४ वर्षपछि पक्राउ

pakrau-arrest-newskarobar

जिल्ला प्रहरी कार्यालय महोत्तरीले २४ वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बलवा नगरपालिका–४ बस्ने ५० वर्षीय पितम्बर झा रहेको उक्त कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

कुटपिट मुद्दामा महोत्तरी जिल्ला अदालतबाट २०५१ साल माघ २ गतेका दिन दुई वर्ष कैद सजाय तोकिएकामा सोही  दिनदेखि फरार झालाई कार्यालयबाट खटेको प्रहरी टोलीले आइतबार पक्राउ गरिल्याएको उनको भनाइ थियो । अभियुक्त झालाई आइतबार साँझ नै जिल्ला अदालतमा हाजिर गराइएकामा उक्त अदालतले  कैद भुक्तानका लागि जलेश्वर कारागार पठाएको जनाइएको छ । (रासस)

प्रकाशित समय १५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु