गृहपृष्ठ नेपाल प्रहरीका १३ इन्सपेक्टरको सरुवा

नेपाल प्रहरीका १३ इन्सपेक्टरको सरुवा

nepal police_newskarobar

नेपाल प्रहरीले १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार उनीहरूको सरूवा गरेको हो । नयाँ जिम्मेवारीअनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा सन्तोषकुमार दाहाललाई ल्याइएको छ भने नयाँ बसपार्कका इन्सपेक्टर मोहनविक्रम केसीलाई पहरा गणमा सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा रणबहादुर विष्ट, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रेशम आचार्य, दंगा नियन्त्रण गण सुनवलमा बाबुराजा पन्त र अपराध महाशाखामा किरण न्यौपानेले जिम्मेवारी पाएका छन् ।

त्यस्तै, इलाका प्रहरी कार्यालय लालबन्दीमा नारायण थापा, बाँके ट्राफिक प्रहरी कार्यालयमा पविन्द्रबहादुर बम, कल्याण महाशाखामा बासुदेव नेपाल र अपराध अनुसन्धान विभागमा हिरेन्द्र रोकायाको सरूवा भएको छ । कपिलवस्तु ट्राफिक प्रमुखमा टक्कर स्वाँर, इलाका प्रहरी कार्यालय बिर्ता पर्सामा निर्मल पनेरु र वडा प्रहरी कार्यालय नेपालगन्जमा हरिबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित समय २१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु