गृहपृष्ठ नेपाल एसबीआई बैंकको अध्यक्षमा बीआरएस सत्यनारायण चयन

नेपाल एसबीआई बैंकको अध्यक्षमा बीआरएस सत्यनारायण चयन

SBI-Chairman-newskarobar

नेपाल एसबीआई बैंक सञ्चालक समितिको असार १९ गते बसेको बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक बीआरएस सत्यनारायणलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । अध्यक्ष बीआरएस सत्यनारायण, एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एसिया, अफ्रिका तथा अस्ट्रेलियामा रहेका बैंकिङसँग सम्बन्धित मामिला हेर्छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष सत्यनारायणलाई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

प्रकाशित समय २१:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु