गृहपृष्ठ घूस मागेको अभियोगमा खरदारविरुद्ध मुद्दा दायर
घूस मागेको अभियोगमा खरदारविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कलैया बारामा कार्यरत खरिदार सुनिल चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अदालताको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्ने कागजात पत्राचार नगरी विभिन्न बहानामा सेवाग्राहीसँग रु १८ हजार घूस मागेको अभियोग चौधरीमाथि लागेको छ । आयोगले खरिदार चौधरीलाई केही दिनपहिले घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
यस्तै नवदुर्गा राष्ट्रिय निम्न मावि ताम्चा सुगरखाल कैलालीका प्रधानाध्यापक गोकर्णप्रसाद उपाध्याय र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामबहादुर घर्ती मगरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरुले फर्जी कागजात नबनाई जिल्ला शिक्षा कार्यालय कैलालीबाट प्राप्त भएको अनुदान कोटाको राहत शिक्षक पदमा प्रकाशमान जैसीलाई नियुक्ति दिई भ्रष्टाचार गरेको अभियोग लागेको छ । आयोगले शिक्षक जैसीविरुद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । (रासस)
प्रकाशित समय २०:०१ बजे

















