गृहपृष्ठ सञ्चार मन्त्री बाँस्कोटाको कामप्रति नेकपा अध्यक्ष दाहाल असन्तुष्ट

सञ्चार मन्त्री बाँस्कोटाको कामप्रति नेकपा अध्यक्ष दाहाल असन्तुष्ट

prachanda-newskarobar

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको काम, कारबाहीप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।

नेपाल टेलिकमलाई कमजोर बनाउन लागेको भन्दै अध्यक्ष दाहालले मन्त्री बाँस्कोटाप्रति असन्तुष्टि जनाएका हुन् । नेकपा निकट नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको एकता महाधिवेशन उद्घाटन गर्दै दाहालले टेलिकमलाई कमजोर बनाउने गरी नवीकरण दस्तुर तोक्नेलगायतको काम गरिएको भन्दै असन्तुष्टि जनाए ।

स्पष्ट नीति नबनाइ रणनीतिक साझेदार खोज्ने काम हुन लागेको र यसले नेपाल टेलिकमलाई नै कमजोर बनाउने अध्यक्ष दाहालको बुझाइ छ । उनले भने, ‘मैले आइतबार पनि मन्त्री बाँस्कोटासँग कुरा गरेको थिए, कर्मचारीहरुको कुरा सुन्दा मैले फेरि मन्त्रीजीसँग छलफल गर्नुपर्ने भएको छ ।’

टेलिकमलाई कमजोर बनाएर रणनीतिक साझेदार खोज्ने काम भए नेपालको राष्ट्रियतासमेत कमजोर हुने दाहालले बताए ।

प्रकाशित समय १९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु