गृहपृष्ठ छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

सांकेतिक तस्बिर

कञ्चनपुरको पुनर्वासमा छोरीलाई बलात्कार गरेको अभियोगमा बुबा पक्राउ परेका छन् ।

बेलौरी र पुनर्वासको सीमा क्षेत्रमा बस्दै आएका एक पुरुषले १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति करिब १० बजेतिर आफ्नै छोरीलाई बलात्कार गरेको र मोबाइलबाट भिडियोसमेत खिचेको आरोप उनिमाथि लागेको छ । बालिकाकी आमाले मोबाइल चलाउँदा भिडियो देखेपछि घटना बाहिरिएको हो ।

प्रहरीले ति व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित समय १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु