गृहपृष्ठ मंगलबारेमा आगलागी हुँदा ८० लाखको क्षति

मंगलबारेमा आगलागी हुँदा ८० लाखको क्षति

सांकेतिक तस्बिर ।

मोरङको पथरीशनिश्चरे–८ मंगलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा बिहीबार बिहान आगलागी हुँदा ८० लाख रूपैयाँ बराबरको क्षति भएको छ । बिहान २ बजे आगलागी हुँदा पाँचकोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन र सोही घरमा रहेको उनको होलसेल किराना पसलसमेत जलेर नष्ट भएको हो ।

बिहान ४ः३० बजे झापाको दमक र मोरङको सुन्दरहैचा नगरपालिकाका बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

प्रकाशित समय १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु