गृहपृष्ठ बीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ
बीपी स्वास्थ्य प्रतिष्ठानका उपकुलपति रौनियार ८ लाख घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा. डा. राजकुमार रौनियार र डा. रामहरि रौनियारलाई घुससहित पक्राउ गरेको छ । अख्तियार टोलीले उनीहरुलाई विशेष सूचनाको धरानस्थित उपकुलपतिको निवास रंगेहात पक्राउ गरेको हो ।
प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिसनबापत सेवाग्राहीसँग ८ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
प्रकाशित समय २२:१४ बजे

















