गृहपृष्ठ पहिरोले पुरिएर भोजपुरमा २ जनाको ज्यान गयो
पहिरोले पुरिएर भोजपुरमा २ जनाको ज्यान गयो
पाँच दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर भोजपुरमा २ जनाको ज्यान गएको छ । पहिरोले पुरिएर रामप्रसाद राई गाउँपालिका-७ बासिखोराका ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षीय जनक विकको घटनास्थलमै मृत्यु भएको हो ।
घरको पिँढीमा सुतिरहेका बेला फुसको छानोले बनेको एकतले घरको चुली भत्किएर राईको ज्यान गएको हो । शुक्रबार बिहान राईको शव स्थानीयले देखेरे अस्थायी प्रहरी चौकी बैकुण्ठेमा खबर गरेका थिए ।
लेखर्कका विकलाई पनि चर्पीमा बस्दाबस्दै पहिरोले पुरेको थियो । शुक्रबार बिहान करिब ८ बजेतिर चर्पी बस्ने क्रममा पहिरोले चर्पी नै बगाएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:४१ बजे

















