गृहपृष्ठ बनेपामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते
बनेपामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते
लगातारको वर्षापछि आएको पहिरोले काभ्रेको बनेपामा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले बगाएर अन्य दुई जना घाइते भएका छन् ।
पहिरोले नगरपालिका–३ का रामप्रसाद दंगालको घर पुरिएको हो । पहिरोमा परेर रामप्रसादकी श्रीमती ५५ वर्षीया गोमा र नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको छ । पहिरोमा परी घाइते भएका बुहारी सुशीला र अर्की नातिनी अनुष्काको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
पहिरोले पुरिएर भोजपुरमा २ जनाको ज्यान गयो
प्रकाशित समय १३:०१ बजे

















