गृहपृष्ठ बाढी पहिरोले देशभर १७ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी पहिरोले देशभर १७ जनाको मृत्यु, ७ जना बेपत्ता
तीन दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी देशभर १७ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी सात जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।
बाढी पहिरोमा परी सात जना घाइते भएका छन् । प्रहरीले चार जनालाई उद्धार गरेको छ । शुक्रबार साँझ ७ बजेसम्म काठमाडौंमा ३, खोटाङमा ३, भोजपुरमा २, काभ्रेमा २, रामेछापमा १, धादिङमा १, ललितपुरमा १, महोत्तरीमा १, पर्सामा १, सिन्धुलीमा १ र रुकुम पश्चिममा १ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय २१:३२ बजे

















