गृहपृष्ठ खोलाले बगाएर दमकमा एक बालिकाको मृत्यु
खोलाले बगाएर दमकमा एक बालिकाको मृत्यु
अविरल वर्षाका कारण दमक नगरपालिका– १० स्थित भालु खोलाले बगाएर शुक्रबार ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
घर नजिकैको कल्भर्टमा उभिएको अवस्थामा बालिका एलिजा न्यौपान खोलामा खसेकी थिइन् । उनलाई स्थानीयले उद्धार गरी दमकस्थित लाइफ लाइन अस्पताल पुर्याएका थिए । बालिकाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:२६ बजे

















