गृहपृष्ठ त्रिशूलीमा ट्रक खस्दा सहचालक बेपत्ता, चालक घाइते
त्रिशूलीमा ट्रक खस्दा सहचालक बेपत्ता, चालक घाइते
पृथ्वी राजमार्गअन्तर्गत नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खस्दा सहचालक बेपत्ता भएका छन् । ट्रक चालकको घाइते अवस्थामा उद्दार गरिएको छ ।
भैरहवाबाट दाना बोकेर काठमाडौं आउँदै गरेको ना४ख १७९६ नम्बरको ट्रक गएराति त्रिशूलीमा खसेको हो । ट्रकका सहचालक दाङ घोराहीका २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ल प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते चालक माधव थापामगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
प्रकाशित समय ०७:३५ बजे

















