गृहपृष्ठ शुक्रबार हराएको शिशु भेटियो

शुक्रबार हराएको शिशु भेटियो

सांकेतिक तस्बिर

लुम्बिनी मेडिकल कलेज प्रभासबाट शुक्रबार हराएको शिशु प्रहरीले फेला पारेको छ । शनिबार बिहान ९ बजे स्याङ्जा जिल्लाको मिर्मीबाट गल्याङ नगरपालिकाकी ३६ वर्षीय बिमला पाण्डे पक्राउ परेकी छन् । उनी बिरामीका नाममा अस्पतालबाट बच्चा चोर्ने मनसायले बिरामीको वहानामा अस्पताल आएको अनुसन्धानबाट खुलेको हो । श्रीमानबाट अगल भएर दोस्रो विवाह गरेकी उनले यसअघि नै परिवार नियोजन गरेकाले आफूबाट बच्चा नहुने भएपछि शशु चोरेको बताएकी छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार श्रीमानले बच्चा चाहिने भनेपछि उनी बच्चा चोर्ने मनसायले अस्पताल आएकी थिइन् । सामान्य रुपमा स्वस्थ उनी अस्पतालमा केही दिनदेखि घुमिरहेकी थिइन् । शुक्रबार तानसेन ९ मदनपाखराकी जमुना रानाको बच्चा चोरेर उनी स्याङ्जातर्फ लागेकी थिइन् ।

प्रकाशित समय १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु