गृहपृष्ठ बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो २६ जना बेपत्ता
बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो २६ जना बेपत्ता
अविरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ६० जनाको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा २४ महिला र ३६ पुरूष छन् । प्रदेश १ मा १७, प्रदेश नं २ मा सात, प्रदेश ३ मा १२, प्रदेश ५ र ६ मा दुईदुई र काठमाडौं र ललितपुरमा आठ गरी ५० जनाको मृत्यु भएको हो । काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । ललितपुर ५ जनाले ज्यान गुमाएका छन् । भोजपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा ३, झापामा २, सुनसरी, उदयपुर, इलाममा एकएक जनाको मृत्यु भएको छ ।
धनुषा र बारामा २–२, पर्सा, रौतहट र सिरहामा एकएक जनाको मृत्यु भएको छ । काभ्रे र मकवानपुरमा ३–३, सिन्धुली र धादिङमा २–२ र रामेछाप र चितवनमा एकएक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । पाल्पा र दाङमा एकएक तथा डोल्पामा २ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परी २२ महिला र २८ पुरुषको मृत्यु भएको तथ्यांक प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ । २५ जना घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अझै ३३ जना बेपत्ता छन् ।
एक हजार १०४ जनाको उद्धार गरिएको छ । उपत्यकाबाट १९४, प्रदेश १ बाट १२, प्रदेश २ बाट ८२७, प्रदेश ३ बाट ७१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ । हजारौं मानिस घरबारविहीन भएका छन् । प्रदेश २ सरकारले बाढीबाट ज्यान गुमाएकाहरूका परिवारलाई जनही ३ लाख राहत दिने भएको छ । त्यस्तै, उद्धार तथा राहत कार्यमा सहयोग गर्न प्रदेश २ सरकारले केन्द्र सरकारलाई आग्रह पनि गरेको छ ।
प्रकाशित समय ११:१५ बजे

















