गृहपृष्ठ श्रीलंकाका लागि नेपाली राजदूत प्याकुरेलको राजीनामा स्वीकृत
श्रीलंकाका लागि नेपाली राजदूत प्याकुरेलको राजीनामा स्वीकृत
श्रीलंकाका लागि नेपाली राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलको राजीना स्वीकृत भएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले प्याकुरेलको राजीनामा स्वीकृत भएको पुष्टि गरेका हुन् ।
प्याकुरेलले परराष्ट्र प्रशासनप्रति असन्तुष्टि जनाउँदै डेढ महिनाअघि पदबाट राजीनामा दिएकोमा गत मंगलबार स्वीकृत भएको हो । प्याकुरेललाई शेरबहादुर देउवा सरकारले २०७४ वैशाख २३ गते श्रीलंकाका लागि राजदूत नियुक्त गरेको थियो । उनको राजीनामा साउन १ गतेदेखि लागू हुने स्वीकृत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजदूत हुनुअघि उनी करिब ४ दशकदेखि अर्थशास्त्रमा प्राध्यापनरत थिए । अर्थशास्त्रमा विद्यावारिधि गरेका प्याकुरेल फुलब्राइट स्कलरसमेत हुन् ।
प्रकाशित समय ११:३४ बजे

















