गृहपृष्ठ बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई १ लाख दिइने
बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई १ लाख दिइने
फाइल तस्बिर
बाढी पहिरोमा परि मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश एक सरकारले एक लाख रुपैयाँका दरले राहत दिने भएको छ ।
प्रदेश सरकारले नियमित विपद् कोषमार्फत तत्कालका लागि राहतस्वरुप १ लाख रुपैयाँ दिन लागेको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता हिक्मत कार्कीले बाढी र डुबानका घाइतेको निःशुल्क उपचारको व्यवस्था गरिने जानकारी दिए । अवरुद्ध सडक खुलाउन तीन वटै सुरक्षा अंग परिचालन गरिएको मन्त्री कार्कीले बताए ।
प्रदेश एकमा आइतबार अपराह्नसम्म १९ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।
प्रकाशित समय १६:४५ बजे

















