गृहपृष्ठ विश्वकप फाइनलमा न्युजिल्यान्डद्वारा इंग्ल्यान्डलाई २४२ रनको लक्ष्य
विश्वकप फाइनलमा न्युजिल्यान्डद्वारा इंग्ल्यान्डलाई २४२ रनको लक्ष्य
आईसीसी विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको फाइनल खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई २४२ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २४१ रन बनाएको हो ।
न्युजिल्यान्डका लागि निकोल्सले ५५ रन बनाए भने लाथमले ४७ रन जोडे । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डलाई मध्यम स्कोरमा रोक्न इंग्ल्यान्डका वोक्स र प्लङकेटले समान ३/३ विकेट लिए ।
प्रकाशित समय १९:२८ बजे

















