गृहपृष्ठ मोबाइल गोदाममा राजस्वको छापा
मोबाइल गोदाममा राजस्वको छापा
राजस्व छलेको आशंकामा सानेपास्थित एक इलेक्ट्रोनिक गोदाममा राजश्व अनुसन्धान विभागले छापा मारेको छ। मोबाइल, मेमोरी कार्ड तथा पेन ड्राइभ स्टोर गरेर राखिएको गोदामले राजश्व छली गरेको सूचनाका आधारमा छापा मारिएको राजश्व अनुसन्धान विभाग जनाएको छ।
गोदामका मालिक मोहन र गोविन्द वंशल फरार रहेको विभागका अधिकारीहरूले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेकाे विभागले जनाएको छ ।
प्रकाशित समय १५:४७ बजे

















