गृहपृष्ठ हिलोमा फसेको ट्रयाक्टर निकाल्न खोज्दा ज्यानै गयो
हिलोमा फसेको ट्रयाक्टर निकाल्न खोज्दा ज्यानै गयो
सांकेतिक तस्बिर
सुनसरीको इनरुवामा ट्रयाक्टरले चेपेर मंगलबार एक युवकको मृत्यु भएको छ । इनरुवा नगरपालिका–९, जमुवामा खेत जोत्ने क्रममा हिलोमा फसेको ट्रयाक्टर निकाल्ने क्रममा अनियन्त्रित भएर चेपिँदा २४ वर्षीय चन्दन मेहताको मृत्यु भएको हो ।
मंगलबार बिहान को. २ त ८३४० नम्बरको ट्रयाक्टरले खेत जोत्ने क्रममा हिलोमा फसेकाले निकाल्ने प्रयास गर्दा ट्रयाक्टर पल्टिएर चेपिँदा गम्भीर घाइते भएका मेहताको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १९:२३ बजे

















