गृहपृष्ठ समयमै कार्यालयमा आउन मन्त्रीको निर्देशन

समयमै कार्यालयमा आउन मन्त्रीको निर्देशन

प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको बिहीबार अनुगमन तथा निरीक्षण गरेका छन् ।

बिहान १०:४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्दा दुईजना कार्यालय सहयोगी मात्र भेटिएको उनले जानकारी दिए ।

मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् । अनुगमनका क्रममा अनुपस्थित रहेका नौजना कर्मचारीको हाजिरी रजिस्टरमा उनले रेजा लगाएका थिए । मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमित रुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिएको बताए । (रासस)

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु