गृहपृष्ठ सुर्खेतमा अपांगता भएका १७ जना प्रहरीको नियन्त्रणमा

सुर्खेतमा अपांगता भएका १७ जना प्रहरीको नियन्त्रणमा

apanga-andolan-newskarobar

‘सुर्खेत, अपांगमैत्री भवन निर्माण गर, हाम्रो अधिकार सुनिश्चित गर’ लगायतका नारा आन्तरिक मामिला मन्त्रालयअगाडि गुन्जियो । ह्विलचेयरसहितको टोलीले केहीबेर नारा लगाएपछि कर्णाली प्रदेशका मन्त्रालय अपांगमैत्री नभएको भन्दै कार्यालयका सिँढीहरु गैंती र कोदालोले भत्काउन सुरु ग-यो । त्यसलगत्तै उनीहरुलाई ह्विलचेयरसँगै प्रहरीले नियन्त्रणमा लिएको छ ।

आन्तरिक मामिला मन्त्रालयको सिँढी भत्काउन थालेपछि प्रहरी र आन्दोलनकारीबीच केहीबेर धकेलाधकेलसमेत भएको थियो । बारम्बार कर्णाली प्रदेशका ७ वटै मन्त्रालय मात्रै भए पनि अपांगमैत्री बनाउनुपर्ने माग मुख्यमन्त्रीलगायत सबैलाई राख्दै आएको आन्दोलनमा सहभागी किशोर शाहीले बताए । ‘हाम्रो नैसर्गिक अधिकार हनन् भएको छ,’ उनले भने, ‘हामीहरु मन्त्रीलाई भेट्न सक्दैनौं । कि उहाँहरु भुँइतलामा बस्नुप-यो कि उहाँहरु बसेको ठाउँसम्म अपांगहरुको पहुँच हुनुप-यो ।’

apanga-andolan-newskarobar

हामीलाई शौचालय लाग्यो भने शरीरमै गर्ने ? उनले प्रश्न गरे । शौचालयसमेत अपांगमैत्री छ्रैनन् । द्वन्द्वपीडितलाई राहत वितरणका लागि हामीले भरेको फर्मसमेत मन्त्रालयबाट गायब पारिएको शाहीले आरोप लगाए । कर्णाली प्रदेश सरकारले अपांगहरुका लागि केही नसोचेको उनले गुनासो गरे ।

आन्दोलनमा सहभागी १७ जनालाई प्रहरीले नियन्त्रणमा लगेको डिएसपी प्रदीप क्षेत्रीले बताए । मन्त्रालयको सिँढी र गमला फुटाएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए । उहाँहरुको माग जाएज हो तर सरकारी सम्पत्तिमा तोडफोड गर्न नमिल्ने र वार्ताको माध्यमबाट समस्या सुल्झाउनुपर्ने उनको भनाइ छ ।

apanga-andolan-newskarobar

प्रहरीले किशोर शाही, मनराज कठायत, खगेन्द्र शाही, झक्त पौडेल, कमल शाही, कृष्णबहादुर आचार्य, शान्ती भट्टाई, धनकुमारी चौधरी, टिकाराम बिक, रामकुमारी बिक, सुशीला चौधरी र तर्कबहादुर बिकलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु