गृहपृष्ठ ५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ
५ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ
सांकेतिक तस्बिर
पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
व्यास ७ पल्लो नरंगा बस्दै आएका रिसिङका १९ वर्षीय नवीन थापालाई छिमेकी बालिकामाथि बुधबार राति जबर्जस्ती करणी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो । घरमा खेल्दै गरेकी बालिकालाई फकाएर थापाले जबर्जस्ती करणी गरेको तनहुँ प्रहरीले जनाएको छ । बालिकाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
थापाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:२१ बजे

















