गृहपृष्ठ जिम्बावेमाथि आईसीसीको प्रतिबन्ध
जिम्बावेमाथि आईसीसीको प्रतिबन्ध
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बावे क्रिकेटमाथि प्रतिबन्ध लगाएको छ ।
राजनीतिक हस्तक्षेप बढेको भन्दै आईसीसीले जिम्बावेलाई निलम्बन गरेको हो । लण्डनमा भएको आईसीसी बोर्डको बैठकले जिम्बावेलाई दिइँदै आएको सबै अनुदानसमेत रोक्ने निर्णय गरेको छ । अब जिम्बावेले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन । आईसीसीले जिम्बावे क्रिकेटका पदाधिकारीलाई ३ महिनाभित्र घरेलु समस्या समाधान गर्न अल्टिमेटम दिएको छ ।
आईसीसीको अक्टोबरमा हुने बोर्ड बैठकले निर्णयमा पुनरावलोकन गर्न सक्ने बताइएको छ ।
प्रकाशित समय ०९:१५ बजे

















