गृहपृष्ठ १४ लाख ३८ हजार घुस रकमसहित सिँचाइ हाकिम बाटोमै पक्राउ
१४ लाख ३८ हजार घुस रकमसहित सिँचाइ हाकिम बाटोमै पक्राउ
दोलखाबाट काठमाडौं जाँदै गरेको अवस्थामा १४ लाख ६८ हजार शंकास्पद रकमसहित सिँचाइ तथा जलस्रोत विकास डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र साह बाटोबाटै पक्राउ परेका छन् । काठमाडौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
डिभिजन प्रमुख प्रकाश अधिकारीको साथबाट १३ लाख ३८ हजार र साहबाट एक लाख ३० हजार रकम बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार उक्त रकमसहित दोलखाबाट काठमाडौं जाँदै गर्दा भक्तपुरको जगाति नजिकैबाट शुक्रबार राति करिब ९ वजे उनीहरुलाई पक्राउ गरिएको हो ।
असार मसान्तमा योजनाको रकम घुस लिएर कार्यालयको बा. १ झ ५२८० नं. गाडीमा जाँदै गरेका अधिकारीलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता कोइरालाले जानकारी दिए । अधिकारी ८ महिना अघि मात्र दोलखा आएका थिए ।
प्रकाशित समय ०६:४० बजे

















