गृहपृष्ठ जिपले किचेर चालककै ७ वर्षे छोराको मृत्यु
जिपले किचेर चालककै ७ वर्षे छोराको मृत्यु
बागलुङको काठेखोला गाउँपालिका–१ मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा ७ वर्षीय बालकको मृत्यु भएको छ । ग. १ ज ७१८१ नम्बरको जिपका चालक शशीलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा चालककै छोरा ७ वर्षीय सलिन थापालाई किच्न पुग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।
बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घरनजिकै पार्किङ गरेर राख्ने क्रममा एक्कासि बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । (रासस)
प्रकाशित समय ०७:३५ बजे

















