गृहपृष्ठ मापदण्डविपरीत खोलिएका सुर्खेतका औषधि पसलमा शिलबन्दी

मापदण्डविपरीत खोलिएका सुर्खेतका औषधि पसलमा शिलबन्दी

सुर्खेतमा अवैध रुपमा सञ्चालन गरिएका मेडिकल तथा औषधि पसलमा शिलबन्दी गरिएको छ ।

अनुगमनका क्रममा दर्ता नै नगरी सञ्चालन गरिएको पाइएपछि औषधि पसलमा शिलबन्दी गरिएको हो । औषधि विभागमा मात्र दर्तागरी ल्याव सञ्चालन गरिएका, मेडिकल दर्ताको ग्रेडअनुसार सञ्चालन नगरिएका कारण शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए ।

केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला विभागका निर्देशक डा. रुणा झा नेतृत्वको टोलीले अनुगमन गर्दा मापदण्ड विपरीत मेडिकल सञ्चालनमा रहेको पाइएको थियो । गत असार २० गते विभागबाट गरिएको अनुगमनको प्रतिवेदन आएपछि मात्रै शिलबन्दी गरिएको हो । मापदण्डविपरीत सञ्चालनमा रहेका राना पोलिक्लिनिक तथा डाइग्नोसिस् सेन्टर, रम्भादेवी फार्मेसी, पोलिक्लिनिक प्राली, कर्णाली मेडिकल हल र शिवविहार मेडिकलहललाई कारबाही गरिएको छ ।

यस्तै, देउती अस्पताल, नेपाल बाल पोलिक्लिनिक, सुर्खेत हस्पिटल, मायाँ नर्सिङ होम, आस्था पोलिक्लिनिकलाई भने सुधारका लागि समय दिइएको छ ।

प्रकाशित समय १९:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु