गृहपृष्ठ १० वर्षदेखि फरार बलात्कार आरोपी पक्राउ

१० वर्षदेखि फरार बलात्कार आरोपी पक्राउ

pakrau-arrest-newskarobar

बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोग लागेपछि फरार रहेका साकेला गाउँपालिका–५ मात्तिमका ३४ वर्षीय तेजबहादुर राई १० वर्षपछि पक्राउ परेका छन् ।
उनलाई खोटाङ जिल्ला अदालतले २०७१ साल मंसिरमा १० वर्ष कैद हुने फैसला गरेको थियो । २०६६ साल असार २३ गते एक बालिकालाई बलात्कार गरेर भागेका राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । राईलाई अदालत उपस्थित गराएलगत्तै कारागार चलान गरिएको प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । अदालतको फैसला कार्यान्वयनका लागि उनलाई आइतबार कारागार चलान गरिएको हो । (रासस)

प्रकाशित समय १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु